देश/प्रदेश
राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैनः राप्रपा प्रवक्ता
०

काठमाडौं, चैत ३ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् ।
देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । उनले भने, ‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’
२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























