देश/प्रदेश
कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक घिमिरेले दिए राजीनामा
०

काठमाडौँ, फागुन २९-
आइतबार नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले सभापति शेरबहादुर देउवासमक्षबाट राजीनामा दिएका छन् ।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार वरिष्ठ अधिवक्ता घिमिरेले कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























