देश/प्रदेश

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

काठमाडौं, फागुन२६-

झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो ।

एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>