देश/प्रदेश
बाराको कलैया ९ का वडाध्यक्ष एमालेमा प्रवेश
०

वीरगञ्ज,फागुन २५-
बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् । आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नुपरेको वडा अध्यक्ष डाक्टर अन्सारीको भनाई छ ।
उनले मधेश आन्दोलनका माग र शहीदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्धाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताएका छन् । एमालेमा प्रवेश गरेका अन्सारीले भने, ‘आफ्नो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























