देश/प्रदेश

गठबन्धनका उम्मेदवार हराउँदै उद्योग वाणिज्य संघ रोल्पामा एमालेनिकट आचार्य विजयी

Banner

रोल्पा,फागुन २५-

सत्ता गठबन्धन पक्षबाट उम्मेदवार भएका वसन्त सुवेदीलाई हराउँदै रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट आचार्यले वसन्त सुवेदीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत ल्याएका थिए। एक हजार २ सय १८ मतदाता रहेको सङ्घको निर्वाचनमा ९८५ मत खसेको थियो ।

मङ्गलबार भएको मतदानको अन्तिम मतपरिणाम राति घोषणा भएको थियो । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् ।

चुनावमा सत्ता गठबन्धन भर्सेस एमाले भनेर प्रचार भए पनि अवस्था त्यस्तै भने नरहेको अध्यक्षमा निर्वाचित आचार्य बताउँछन् । ‘सबैको माया पाएर तीन मतले जितेको छु, तर आफूलाई तीन हजार मतले जितेको जस्तो ठानेको छु,’ आचार्यले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>