देश/प्रदेश

माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका मेयर एमाले प्रवेश गर्दै,ओलीले स्वागत गर्ने

Banner

विराटनगर, फागुन २४-

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले कारवाही गरेको घोषणा गरेको छ। माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया बुधबार एमाले प्रवेश गर्दैछन्। एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै आएर उनीसहितका जनप्रतिनिधिलाई एमालेमा स्वागत गर्दैछन्।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए। स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>