देश/प्रदेश
श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ
०

भक्तपुर, फागुन २३–
श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ ।
एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























