देश/प्रदेश

स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी

Banner

काठमाडौं, फागुन २३-

जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ । त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि २० फागुनसम्म आन्दोलन भएको थियो । २० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>