Breaking News
नवलपुर कांग्रेस सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध निर्वाचित
०

कावासोती,फागुन २०-
नेपाली कांग्रेस पूर्वी नवलपरासीको सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् । सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि जिसी निर्विरोध भएका हुन् ।
सभापतिमा शुक्रबार मनोनयन दर्ता गरेका जिसीलाई सभापति बनाउन घिमिरेले सहमति जनाएको नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिनुभयो ।
कांग्रेसमा ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् । उनी ३०३६ सालपछि २ पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका व्यक्ति हुन् । ६६ वर्षीय जिसी नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























