देश/प्रदेश

रुपन्देहीमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • Logo
    रासस
  • २० फाल्गुन २०७८, शुक्रबार
Banner

रुपन्देही, २० फागुन –
रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>