देश/प्रदेश
पशुपति जाने बाटोमा रहेको पुलको पर्खाल भत्कियो, दुई जना घाइते
०

काठमाडौं,फागुन १८-
पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ । बागमती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् ।
मंगलबार महाशिवरात्रिमा पूजाका लागि पाशुपत क्षेत्र पुगेका भक्तजनहरूको अत्यधिक भारका कारण इँटाको पर्खाल भत्किएको हो । घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । अर्का एक जना अझै अर्धचेत अवस्थामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























