देश/प्रदेश
सुक्खा पहिराले परिएर एकको मृत्यु, दुई घाइते
०
गलकोट,फागुन १०-
बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिनुभयो ।
पहिरामा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























