देश/प्रदेश
लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ
नेपालगञ्ज, फागुन १०
बाँके प्रहरीले मंगलबार बिहान लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका(१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका(१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हो ।
प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडौँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।न्युज कारखाना



























