क्रिकेट
अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्
०

काठमाडौं, फागुन ९-
आईसीसीले टी-२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो ।
भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी(२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।
वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ ।
वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स ९यूएई० शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























