देश/प्रदेश
विनोद चौधरीविरुद्ध एकल इजलासमा मुद्दा पेस
०

काठमाडौँ, फागुन ८-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी परेको छ।
सर्वोच्च अदालतमा दायर भएको चौधरीविरुद्ध मुद्दा एकल इजलासमा पेसी भएको हो ।
नेपाली कांग्रेसको विधानविपरीत मधेसी कोटाबाट १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको जिकीर गर्दै चौधरीविरुद्ध कांग्रेस नेता डा. सुभाषचन्द्र यादवले २५ नम्वरमा रिट दर्ता गराएका थिए।
पाँच जनाको मधेसी कोटामा छैठौं भएका कांग्रेसका निवर्तमान यादवले कांग्रेसका चौधरीसँगै प्रतिस्पर्धा गरेका थिए।
कांग्रेसको विधानले १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिमात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख गरेको भन्दै यादवले चौधरीको उक्त अवधि नपुग्ने जिकिर रिट निवेदनमा गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























