देश/प्रदेश

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Banner

काठमाडौं, ८ फागुन

मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार राति सवा १ बजे कमानेबाट क्याम्पडाँडातर्फ आउदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>