देश/प्रदेश
राप्ती नदी किनारमा ५४ वर्षीय पुरुषको शव फेला
०

दाङ, फागुन ६-
बिहीबार बेलुका ९ बजे दाङको राप्ती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव नदी किनारमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ । त्यस्तै घटनाबारे थप अनुसन्धान भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























