नवलपुर
गैंडाकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न
०

नवलपरासी पूर्व, फागुन ५ –
गैंडाकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ ।
आज बिहीबार दिउँसो गैंडाकोटमा आयोजित दशौं नगर सभामा नगर प्रमुख छत्रराज पौडेलले सभाको उद्घाटन गरेका थिए ।
नगर सभामा मेयर पौडेलले निर्वाचित भए पश्चात साढे चार वर्षसम्ममा नगरको समग्र विकासको प्रक्रियालाई माथि उठाउन अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरुको एकमुष्ठ रुपमा समिक्षा प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।
सभामा नगर उपप्रमुख विष्णुकुमारी कँडेलले संघीयताको अभ्यासको अनुभवसहितको प्रतिवेदन पेस गरेकी थिइन् । उक्त प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























