देश/प्रदेश

समयमै पाठ्यक्रम सकिने भन्दै मन्त्रालयको निर्णय विपरीत गोकर्णेश्वर नगरपालिकाले चैतमै परीक्षा लिने

Banner

काठमाडौँ, फागुन ५-

गोकर्णेश्वर नगरपालिकाले कक्षा ८ को परीक्षा चैत १६ गतेदेखि गराउने गरी समयतालिका सार्वजनिक गरेको छ ।

नगर प्रमुख सन्तोष चालिसेका अनुसार समयमै पाठ्यक्रम सकिने भएकोले चैतमा नै परीक्षा लिने तयारी गरिएको हो ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैतभर पढाउने, वैशाखमा परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र भर्ना लिने र जेठ १ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर गोकर्णेश्वर नगरपालिका विद्ययालय भने संक्रमण समयमा पनि वैकल्पिक सिकाइबाट पठनपाठनलाई निरन्तरता दिएको भन्दै चैतमै परीक्षा लिने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>