अपराध

वन अधिकृतसहित ७० लाख घुस लिएको आरोपमा तीन जना विरुध मुद्दा दर्ता

०
Banner

रसुवा, फागुन ४-

रसुवामा भ्रष्टाचारको आरोपमा वन अधिकृत विष्णुकान्त मिश्र सहित तीन जना विरुध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वन अधिकृत मिश्रले ७० लाख घुस लिएर ४० लाख छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट थाहा भएको छ ।

रक्तचन्दनको ठेक्का मिलाइदिन्छु भनि घुस लिएको आरोपमा प्रहरीले मिश्र सहित उनका छोरा र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनलाई प्रकाउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>