नवलपुर
नवलपुरमा भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर, फागुन ४-
भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिनुभयो । नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम०को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताउनुभयो ।
प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य रु चार लाख तथा रेडबुलको मूल्य रु ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका–१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ । रासस
























