देश/प्रदेश

शैक्षिक सत्र वैशाखमै सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

Banner

काठमाडौँ, फागुन २-

आगामी नयाँ शैक्षिक सत्र वैशाख महिनाबाटै सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमौ परीक्षा र नयाँ भर्ना सँगै खोल्ने तयारी गरेको बताए ।

सामान्यतयाः वैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो । तर मन्त्रालयका प्रवक्ता शर्माले वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् ।

त्यस्तै कोरोनाका कारण शैक्षिक सत्रमा असर परेको भन्दै शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>