अपराध

मोरङमा चिरपट प्रहार गरी छोराले गरे आमाको हत्या, अपराधी पक्राउ

Banner

मोरङ, फागुन २-

मोरङको उर्लाबारीमा एक वृद्ध महिलाको हत्या आरोपमा प्रहरीले छोरालाई प्रकाउ गरेको छ ।

पारिवारिक विवादका क्रममा आइतबार साझ चिरपट प्रहारबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०स्२५ बजेतिर मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठको अनुसार उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>