चितवन विशेष
राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष गुरुङ् भन्छन्,– देश विकास चाहने हो भने चङ्गामा भोट हाल्नुस् (भिडियोसहित)

चितवन, फागुन १ –
राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङ्ले देश विकास चाहने हो भने अब वैकल्पिक पार्टीको रुपमा उदाइरहेको राष्ट्रिय नागरिक पार्टीलाई विजयी गराउन जनतासमक्ष आग्रह गरेका छन् ।
नारायणी अनलाइनसँग कुराकानी गर्दै उनले राष्ट्रिय नागरिक पार्टीको चुनाव चिन्ह चङ्गामा भोट हाल्न आग्रह गरे ।
गुरुङले राष्ट्रिय नागरिक पार्टी महान उद्देश्यसहित अघि बढिरहेको बताए । देशमा शिक्षा निःशुल्क बनाएर गरीब दुखीले पनि डक्टर र इन्जिनियर पढ्न पाउने अवसर प्रदान गर्ने आफ्नो पार्टीको प्रमुख उद्देश्य रहेको उनले बताए । यस्तै सबै नागरिकलाई निुःशुल्क स्वास्थ्य उपचार गर्नुपर्छ भनेर नागरिक पार्टी सँधै लडिरहने उनले बताए । यस्तै बेरोजगारीको समस्या समाधान गर्न एक घर एक रोजगारको अभियान ल्याउन आवश्यक रहेको र त्यो राष्ट्रिय नागरिक पार्टीको प्राथमिकतामा रहेको उनले बताए । यस्ता अनेकन उद्देश्य बोकेर देश परिवर्तनको अठोट लिएर नागरिक पार्टी हिँडेको उनको भनाइ छ ।
उनले देशमा सकरात्मक परिवर्तन चाहनेहरुलाई राष्ट्रिय नागरिक पार्टीमा आउन आह्वान गरेका छन् । उनले अहिले चर्चामा रहेको एमसिसि नेपालको लागि घातक भएको बताए । अमेरिका छिरेको कुनै पनि राष्ट्रमा शान्ति र समृद्धि नआएको बताउँदै उनले अन्य देशको उदाहरणबाट सिक्न आग्रह गरे ।
उनले एमाले, कागं्रेस, माओवादी लगायतका ठूला पार्टीले अब नेपालमा कुनै विकास गर्न नसक्ने बताए । यी पार्टीले विकास गर्ने भए अहिलेसम्म गरिसकेको हुनुपर्ने बताउँदै अब यी पार्टीलाई नभई वैकल्पिक पार्टीलाई सत्तामा पु¥याउन जनतासमक्ष आग्रह गरे । उनले वैकल्पिक पार्टीका रुपमा उदाइरहेको राष्ट्रिय नागरिक पार्टीलाई सत्तामा पु¥याउन आग्रह गरेका छन् ।
























