देश/प्रदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ

Banner

काठमाडौँ, फागुन १-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

शनिबार चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरी कार्यालयले करिब ५ किलो सुनसहित पक्राउ गरेको हो।

विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका राहदानी नम्बर इजे०२४८१३१ का ३६ वर्षीय लि पक्राउ परेको गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>