देश/प्रदेश
प्रभावित बन्दै आएको बागलुङ बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरु

बागलुङ, फागुन १-
कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बन्दै आएको बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र गर्न सुरु भएको छ।
छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो र नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका हो ।
विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए। उक्त विमानस्थलको धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण रोकिएको उनले बताए ।
त्यस्तै अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए। ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको भुले उडाउने, बिटामिन छर्ने काम गरिरहेको छ।
गत असारमै काम सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुईपटक म्याद थपिसकेको छ ।



























