देश/प्रदेश

अरुण नदीको बेलिब्रिज भाँचियो‚ तीनवटा ट्रक नदीमा

Banner

संखुवासभा,माघ २९-

संखुवासभाको मकालु गाउँपालिका ५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल शनिबार दिउँसो भाँचिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको उनले बताए।

निर्माणाधीन इप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक (लोवेट) पुल भाँचिएपछि अरुण नदीमा खसेको छ। पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको मकालुका कार्यपालिका सदस्य मकालु गाउँपालिका कार्यापालिका सदस्य पुरण याम्फुले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>