देश/प्रदेश

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष बब्लु शुक्ला माओवादीमा प्रवेश

०
Banner

रुपन्देही,माघ २७-

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) कार्यकाल सकिनै लाग्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहीबार माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।

उनले आफ्नी पत्नी पल्लबी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारसमेत बनाएका थिए । पछिल्लो समय सीके राउतको जनमत पार्टीसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>