देश/प्रदेश
धितोपत्र बोर्ड : अध्यक्षका लागि फागुन १ गते हुने अन्तर्वार्ताको समय र स्थान तोकियो
०

काठमाडौँ, माघ २६-
फागुन १ गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्न समय र स्थान तोकिएको छ।
बोर्डको कार्यकारी अध्यक्षका लागि निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरे गरी पहिलो चरणमा पाँच जना छनोट भएका छन्।
छनोट भएका पाँच जनामध्येबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्न व्यावसायिक प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्ने मिति तय गरेको हो ।
त्यस्तै ती मध्ये सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले फागुन १ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षको सचिवाय सिंहदरबारमा बोर्ड अध्यक्ष छनोटका लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























