मकवानपुर

ग्यास बुलेटको ठक्करबाट हेटौंडाका व्यवसायी श्रेष्ठको मृत्यु

Banner

हेटौंडा, माघ २३–

मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौँडा–१० निवासी वर्ष ५१ को बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार आज दिउँसो पूर्वपश्चिम सडकखण्डअन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

श्रेष्ठ मोटरसाइकलमा सवारी हुनुहुन्थ्यो । दुर्घटनापछि घाइते हुनुभएका श्रेष्ठलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको र केही बेरमा नै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक श्रेष्ठले विगत लामो समयदेखि हेटौँडाको सीमा चोकमा चिया पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>