नवलपुर
नवलपुरमा ३ जनालाई आक्रमण गर्ने नरभक्षी बाघ २६ दिन खोज्दापनि भेटिएन

नवलपुर,माघ २२-
विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास २६ दिनसम्म पनि सफल नभएपछि प्रतिकूल मौसमको कारण देखाउँदै निकुञ्ज कर्मचारीले बाघ खोज्न छोडेका छन् ।विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न जंगलमा बाघ खोज्न गरेको प्रयास असफल भएपछि मौसमलाई दोष दिँदै निकुन्ज कर्मचारीले शुक्रबारबाट बाघ खोज्ने थलो छोडेका हुन् ।
विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा नरभक्षी बाघले ३ जना स्थानीयलाई आक्रमण गरेपछि चितवन निकुन्जले बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली जंगलमा खटाएको थियो । बाघ खोजिमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले अनेक प्रयास गर्दापनि बाघ फेला पार्न नसकिएको र वर्षाले पनि साथ नदिएका कारण अनिश्चित समयका लागि बाघ खोज्ने काम स्थगित गरिएको बताए ।
बाघ नियन्त्रणका लागि पुछ्रे खोला नजिकमा राखिएको पाडो ९ दिनअघि बाघले खाएपछि प्राविधिक टोली त्यहिको रुखमा मचान बनाएर बाघ आउने आस गरेर जंगलमै बसेको थियो ।
























