देश/प्रदेश

हामीले एमालेबाट राजीनामा दिने कुरा हल्ला हो,मधेस कम्युनिष्टको किल्ला होः प्रभू साह

Banner

रौतहट,माघ २२-

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभू साहले आफूहरुले पदबाट राजीनामा दिन लागेको भनेर गलत प्रचार गरिएको बताएका छन् । रौतहटमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता साहले एमालेमा पदाधिकारी रहेको पूर्व माओवादी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असंतुष्ट भएर राजिनामा दिने कुरा केवल हल्ला मात्र भएको बताएका स्पष्ट पारेका हुन् ।

साहले प्रतिक्रियावादी शक्तिहरुले जनतामा भ्रम छर्न यस्ता गलत समाचारहरु फैलाएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । ‘हाम्रोभित्र फुट गराउने, क्याडेटमा विवाद उत्पन्न गराउने, मुढभेड गराइदिने उनीहरुको कामै हो’ उनले भने, ‘तर हाम्रो काम भनेको जनता उत्साह पैदा गर्ने, भ्रम हटाउने र गर्डगडाहाटको साथमा आफ्नो मिसनलाई अगाडि बढाउने हो । त्यसैले यस्ता समाचारहरु आएमा नसुनिकन खारेज गरिदिनुहोला।’

आफुहरु समृद्धिको लडाइमा रहेका यस्ता हल्लाहरुले कुनै असर नगर्ने भन्दै उनले देशलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र सक्ने दावी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>