चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकी क्याम्पसले कालो व्यानर राखेर सरकारलाई गर्‍यो खबरदारी

Banner

चितवन, माघ २०-

एमाले निकट अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले क्याम्पस गेटमा कालो ब्यानर राखेर सरकारलाई खबरदारी गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष महेश सापकोटाको नेतृत्वमा विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत देशका जल्दाबल्दा समस्यामा सरकारलाई खबरदारी गरेका हुन् ।

विद्यार्थीहरुले कालो ब्यानरमा पाँच बुँदे माग राखी क्याम्पस गेटमा झुन्ड्याएका छन् । व्यानरमा स्थानीय तहको निर्वाचन तुरुन्त गर्न, संविधान र लोकतन्त्रको रक्षा गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता गर्न, स्ववियु निर्वाचनको मिति घोषणा गर्न र मेडिकल माफियाहरुलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरिएको छ । त्यसैगरी विद्यार्थीहरुले ‘नो एमसीसी’ भन्दै एमसीसीको पनि विरोध गरेका छन् ।

अनेरास्ववियु क्याम्पस कमिटीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा भएको भारतीय हस्तक्षेपको विरोध गरेको थियो । विज्ञप्तिमा हिंसालाई भड्काउने मन्तव्य राख्ने मन्त्री रेणुकुमारी यादवलाई तत्काल बर्खास्त गरेर हराएको २४ लाख खोपको सत्यतथ्य विवरण तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ । आफ्ना मागहरु तत्काल पूरा गर्न माग राख्दै क्याम्पस कमिटीले माग पूरा नभए चरणबद्धरुपमा सडक आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>