देश/प्रदेश
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग
०

काठमाडौँ, माघ २०-
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























