नवलपुर
कावासोतीमा अटो चालक मृत्यु प्रकरणः दुई जना प्रहरीको नियन्त्रणमा

नवलपुर,माघ १९-
पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद मृत्यु भएको अवस्थामा भेटिएका अटो चालकको शवको पोष्टमार्टम भएको छ । पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो ।
मृतकको शव बुधबार पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । पोष्टमार्टम रिर्पाट आउन बाँकी छ ।
यसैबीच प्रहरीले नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
गिरीले भने – दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाको बारेमा थप अनुसन्धानका लागि सहज हुन्छ कि भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मध्ये १ जना घटनामा सम्लग्न रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो । ना २ ह ६१७३ नम्बरको अटो चालक हुन् । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।
























