देश/प्रदेश
एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादी प्रवेश
०

ललितपुर, माघ १३-
एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।
उनी साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























