चितवन विशेष

प्रकाश चौधरीको थारु गीत ‘हेरिरहुँ’ सार्वजनिक (भिडियो)

Banner

चितवन, माघ ८–

चितवनका युवा गायक प्रकाश चौधरीले दोस्रो थारु गीत ‘हेरिरहुँ’ सार्वजनिक भएको छ । शनिबार अपरान्ह एनडी स्टुडियोको युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो ।

गत कात्तिकमा ‘लगसिहे…’ बोलको पहिलो थारु गीत बजारमा ल्याएका प्रकाशले दुई महिनापश्चात ‘हेरिरहुँ’ बोलको गीत बजारमा ल्याएका हुन् ।
गायक तथा मोडल चौधरीले यस गीतलाई आमदर्शक/श्रोताले मन पराउनेमा विश्वास लिएका छन् । गीतको शब्द र संगीत चौधरीकै रहेको छ भने कुमार सिन्जाली मगरले अरेन्ज गरेका छन् । भिडियोमा गायक प्रकाशसंगै मोडेल रितु चौधरीको अभिनय रहेको छ । भिडियोलाई किशोर चौधरीले निर्देशन तथा सम्पादन गरेका हुन् भने निरज महतोले छायाँकन गरेका छन् ।

यस भिडियो चितवनको मेघौली, सानोगढी, सलौली, जिरौनालगायत स्थानमा छायाँकन गरिएको प्रोडक्सन म्यानेजर जितेन्द्र चौधरीले जानकारी दिए । यस गीतको पोष्टप्रोडक्सन भने भिजन फिल्मस् स्टुडियोले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>