अपराध
रिजालको हत्यामा आरोपमा दुई व्यक्ति प्रकाउ
०

काठमाडौँ, माघ ३-
चन्द्रागिरि नगरपालिकाका एक युवकको हत्यामा प्रहरीले दुई युवकलाई प्रकाउ गरेको छ ।
प्रहरीले चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको हत्याको आरोपमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई प्रकाउ गरेको हो ।
त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार दुई दाजुभाईले चन्द्रागिरि नगरपालिका स्थित पिंगलमा कैँची र दाउले हिर्काउँदा गम्भीर घाइते भएका रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























