देश/प्रदेश

आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत

Banner

अर्घाखाँची, माघ २-

गत २० चैतमा जंगलमा लागेको आगोले घर जलेर घरवारविहीन बनेका अर्घाखाँचीको छत्रदेव गाउँपालिका(४ धरम्पानीका नारायणबहादुर थापा परिवारमा खुसियाली छाएको छ ।

आगोले घर खरानी बनाइदिएपछि दुई बुहारी, दुई छोरा र श्रीमान श्रीमती गरी सातजनाको परिवार परिवार बिचल्लीमा परेको थियो । विवेकशील साझा पार्टीले नयाँ घर बनाइदिएपछि थापा परिवारलाई राहत मिलेको छ ।

आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका उनीहरूको बिचल्ली भएपछि विवेकशील साझा पार्टी अर्घाखाँचीका नेता स्थानीय पशुपति पाण्डेको सक्रियतामा नयाँ घर बनेपछि आफूहरूलाई ठूलो राहत पुगेको थापाले बताए ।

ूपशुपति सरहरूको सहयोगमा नयाँ घर बन्यो, न्युज कारखानासँग कुरा गर्दै थापाले भने, पशुपतिजीहरूले सम्पूर्ण सामान किनिदिनुभयो, गाउँलेले काठ सहयोग गर्नुभयो । केही ऋण लागे पनि अहिले राम्रो घरमा बस्न पाएका छौं । हामी निकै खुसी छौं ।

अवस्था अत्यन्तै दयनीय देखिएपछि आफूहरुले सहयोग गरेको पाण्डेले बताए । उहाँ आफै मिस्त्री हुनुहुँदो रहेछ, मिस्त्रीको व्यवस्थापन तपाई आफै गर्नुस भन्यौं,ू पाण्डेले भने, यसबाहेक किन्नुर्ने सवै सामान हामीले किनिदिएका हौं । आगलागी भएको खबर थाहा पएर हाम्रो पार्टीको अर्घाखाँची जिल्ला कमिटी टिम उद्वार तथा राहतका लागि घटनास्थलमा उपस्थित भई त्यहाको आवश्यकतालाई अवलोकन गर्‍यौ । पीडितको अति नै दयनीय अवस्था देख्दा उहाँलाई घरको अति आवश्यकता परेको महसुस गरी घर निर्माणकार्यमा हाम्रो ध्यान केन्द्रित भयो र हामीले घर बनाइदिने बाचा गर्‍यौं ।

पाण्डेका अनुसार काटी, जस्तापाता, सिमेन्ट, बालुवा, ढुंगा जस्ता घर निर्माणका लागि किन्नुपर्ने सवैजसो सामान पार्टीले सहयोग गरेको हो । ूपार्टी केन्द्रले समेत करिब ९४ हजार सहयोग गरेको थियो । बाँकी हामीले विभिन्न दाताबाट संकलन गरेका हौं, पाण्डेले भने, महेन्द्र विद्यावोध विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने ८० जना विद्यार्थीले व्यक्तिगत रूपमा पैसा उठाएर आठ हजार पाँच सय रुपैयाँ सहयोग गरेका थिए । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>