देश/प्रदेश
बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते
०

ओखलढुंगा, माघ २-
धारामा कपडा धोइरहेका दुईजनालाई बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धचरण नगरपालिका(२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो ।
ना१ज ४९५१ नम्बरको नौजना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।
उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























