देश/प्रदेश

गुल्मीको एकै ठाउँमा लगातार ३ दिन गाडी दुर्घटना, आज पुन: टिपर दुर्घटना

Banner

गुल्मी, माघ २-

गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा भएको छ ।

सो क्षेत्रमा शुक्रबार बोलेरो जिप , शनिबार कार र आइतवार टिपर गरी एकै स्थानमा लगातार तीन दिन तीनवटा सवारी साधन दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरी जवान विजयकुमार यादवका असनुसार शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो तर तीनवटै सवारी दुर्घटना कुनै मानवीय क्षती भने भएको छैन् ।

त्यस्तै आज (आइतवार) लु २ ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>