देश/प्रदेश
धादिङमा पहिरो: एक जनाको शव भेटियो, दुई जना अझै बेपत्ता
०

धादिङ, माघ २-
गत बिहीबार बाटो खन्ने क्रममा धादिङको रुबी भ्याली गाउँपालिका-१ मा पहिरो गएर बेपत्ता भएका तीनमध्य एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजर सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो ।
त्यस्तै पहिरोमा परि पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको आझै बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले बताए ।
सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा सक्रिय छन् र राजुको शव भने आफन्तको जिम्मा लगाउने तयारी रहेको डिएसपी भण्डारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























