खैरहनी

नारायणी डेभलपमेन्ट बैंकको २०औं साधारणसभा सम्पन्न

Banner

चितवन, माघ १–

चितवनको रत्ननगर–१, टाँडीमा मुख्य कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकका अध्यक्ष रामप्रसाद रुपाखेतीको अध्यक्षतामा सौराहास्थित होटल सेन्ट्रलपार्कमा कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गरिनुको साथै आ.व. २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरिएको छ । यस्तै आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय साधारणसभाबाट गरिएको छ ।

सभामा शेयरधनीहरुले बैक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा संचालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापन प्रति खुशी ब्यक्ति गर्दै थप प्रगति गर्नको लागी सुझाव सहित शुभकामना ब्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>