देश/प्रदेश
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मञ्चलाई शैक्षिक तथा प्राविधिक सामाग्री प्रदान

काठमाडौं, पुस ३०-
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदान वापत आज शुक्रबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत दुई लाख बराबरको शैक्षिक तथा प्राविधिक सामाग्रीहरू प्राप्त गरेको छ ।
मञ्चले कम्प्युटर सेट १९ इन्च १ थान, प्रिन्टर १ थान, प्रोजेक्टर १ थान, सिसिटिभी १ थान, पेन ड्राइभ १ थान, ई-लाइब्रेरी १ थान, थरमल गन १ थान, विविध शैक्षिक सामाग्री १ कार्टून प्राप्त गरेको छ ।
मञ्चले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सप्लाई प्रोजेक्ट अन्तर्गत साईबर एण्ड लाईब्रेरी सर्भिसेजबाट उक्त सामाग्रीहरु प्राप्त गरेको हो ।
लाईब्रेरी तथा आईसीटी सेक्सनकी प्रतिनिधि निरा थापाले उक्त शैक्षिक तथा प्राविधिक सामाग्रीहरु मञ्चका अध्यक्ष भीमप्रसाद वि.क., उपाध्यक्ष लालबहादुर विश्वकर्मा र महासचिव अमिर रामदामलाई हस्तान्तरण गर्नुभएको थियो।
उक्त हस्तान्तरण कार्यक्रममा प्रतिनिधि थापाले यस धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले गरेको सामाजिक तथा शैक्षिक गतिविधिहरुको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि यस मञ्चले समाज रूपान्तरण तथा शैक्षिक गतिविधिहरुमा अग्रसर हुन अनुरोध गर्नुभयो। मञ्चलाई आगामी दिनहरुमा अझ साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता गर्नुभयो।



























