देश/प्रदेश

धादिङमा पहिरोले पुरिएका तिन जना अझै भेटिएनन्

Banner

धादिङ, पुस ३०-

धादिङमा हिजो बाटो खन्ने क्रममा पहिरोले पुरिएर बेपत्ता भएका तिन व्यक्तिहरु अझै फेला परेका छैन् ।

धादिङको रुबी भ्याली गाउँपालिकामा हिजो बाटो खन्ने क्रममा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीको अनुसार हिजो साँझसम्म खोज्दा पनि नभेटिएपछि आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको छ ।

पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था नभएकोले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त प्रयासले खोजी कार्य अगाडी बढाइएको डिएसपी भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>