देश/प्रदेश

धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

Banner

धनकुटा, पुस ३०-

धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज बिहान टिपर दुर्घटना हुदाँ चालक र परीचालक मृत्यु भएको छ ।

प्रहरीको अनुसार धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको हो ।

दुर्घटनामा परि च्यापिएर प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परीचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>