देश/प्रदेश
कोराना प्रभाव : जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा
०

काठमाडौं, पुस २९-
राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।
‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौं ।’
संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























