अपराध
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ
०
जनकपुर, पुस २८-
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























