देश/प्रदेश
मिलमा सल बेरिदा एक महिलाको मृत्यु
०
डोटी,पुस २८-
अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























