देश/प्रदेश

लोहियाको अध्यक्षतामा प्रेस चौतारी बैतडीको जिल्ला कमिटी गठन

Banner

बैतडी, पुस २८-

प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा पत्रकार चन्द्र प्रकाश लोहिया सर्वसम्मत चयन भएका छन् । चौतारीको छैटौं जिल्ला अधिवेशनले पत्रकार लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, सचीवमा गोबिन्द पन्त, उपसचिवमा मंगेश दयाल तथा कोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् ।

मंगलबार जिल्ला सदरमुकाम स्थित भूमिमा सहकारी संस्थाको सभाहलमा भएको जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथी बैतडीबाट निर्वाचित प्रदेशसभा सांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष नरेन्द्र भट्ट, एमाले बैतडीका उपसचिव सरस्वती नेपाली लगायतको सहभागिता थियो भने जिल्ला स्थीत बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।

उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सांसद भट्टले पत्रकारहरुका हकहितका लागि आफ्नो तहबाट सकिने पहल थाल्ने बताएका छन् । ‘पत्रकारहरु पलायन हुने अवस्थालाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ । मिडियाहरुलाई अहिले पहुँचका आधारमा मात्रै बिज्ञापन वितरण गरिएको पाइन्छ । काम गर्ने भन्दा चाकडी गर्नेहरुले लाभ लिइरहेकाले यो पद्धती हटाउनु जरुरी छ ।’

नव निर्वाचित कमिटिका अध्यक्ष लोहियाले बैतडी जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनी बिगत १४ वर्ष यता बैतडीमा क्रियाशील पत्रकारको रुपमा रहेका छन् । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>